एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने – Nepal Press

एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

पहिलो सेटमा २७-२५ को जित निकालेको एपिएफले दोस्रो र तेस्रो सेट २१-२५ र २५-२७ ले हारेको थियो । चौथो सेट पुनः एपिएफले २६-२४ को जित निकाले पछि खेल पाँचौ सेटमा पुगेको थियो । पाँचौ सेटमा आर्मि विरुद्ध १५-१३ को नाटकीए जित निकाल्दै एपिएफले फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा साविक विजेता न्यू डायमन्डलाई नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराउँदै फाइनल पुगेको हो ।

पहिलो सेट १८-२५ ले हारेको न्यू डायमन्डले दोस्रो सेटमा २५-१७ को जित निकालेको थियो । तेस्रो सेटमा २१-२५ले पराजित हुँदै चौथो र पाँचौ सेटमा पुलिसलाई २५-१७, १५-१० ले पछि पार्दै फाइनल प्रवेश गरेको हो ।
एपिएफ र न्यू डायमन्ड बिचको फाइनल खेल शनिबार हुनेछ ।

आगामी चैतमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *