सानिमा बैंकको दुई शाखा विस्तार – Nepal Press

सानिमा बैंकको दुई शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धीमा शाखा विस्तार गरेको छ ।

सानेपा शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका- २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका सीईओ भुवन दहालले संयुक्तरूपमा गरेका छन् ।

यसैगरी हरिसिद्धी शाखा नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उद्घाटन गरेका छन् । देशभर सानिमा बैंकको १०८ कार्यालय र ९७ वटा एटिएम संचालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर