एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी – Nepal Press

एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा एमालेले उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव विधान महाधिवेशनमा लगेको छ ।

विधान महाधिवेशनमा पेस भएको अन्तिम मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६जना सचिव र २२५ जना केन्द्रीय सदस्य रहने प्रस्ताव छ ।

यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर