सुनको भाउ प्रतितोला ९ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला ९ सय बढ्यो

काठमाडौं । सुनको भाउ प्रतितोला ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो ८८ हजार ७ थियो ।

दसैँ नजिकिँदै जाँदा पछिल्ला केहि दिन सुनको मुल्य घटिरहे पनि आज पुन: बढेको छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार नै नेपालमा सुनको भाउ घटबढ हुने भएकाले अन्य कुराले प्रभाव नपर्ने महासंघको भनाइ छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रूपैयाँ रहेको छ यसैगरी, चाँदी प्रतितोला १ हजार १४० रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर