विराक्कोडीको लगातार दोस्रो अर्धशतक – Nepal Press

विराक्कोडीको लगातार दोस्रो अर्धशतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा श्रीलंकाली ब्याटर सान्दुन विराक्कोडीले ललितपुर प्याट्रिओट्सका लागि लगातार दुई खेलमा अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा ५८ रन बनाएका विराक्कोडीले आज जारी विराटनगर वारियर्सविरुद्धको खेलमा पनि अर्धशतक बनाइसकेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि ओपनिङमा आएका विराक्कोडीले आक्रामक इनिङ खेल्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका विराक्कोडीको शानदार इनिङमा ललितपुरले राम्रो ब्याटिङ गरिरहेको छ ।

१३.५ ओभरको खेल सकिँदा ललितपुर १३५/३ को अवस्थामा छ भने विराक्कोडी ६८ र अज्मतुल्लाह ओमारजाई ४ रन बनाएर क्रिजमा छन् । विराटनरका लागि सिकन्दर राजा, प्रतिस जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर