एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू) – Nepal Press

एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

बैठकमा बोलाइएपनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् ।


प्रतिक्रिया

One thought on “एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

  1. एमाले बिरुध्दको गठबन्धनमा सरकार बनेकोले त्यो गठबन्धनलाई पनि एक पार्टी मानि बांकि अरु पार्टीबाट पनि त्यति त्यति नै संख्यामा प्रतिनिधित्व हुने गरि बैठक बसेमा उपयुक्त हुन्छ होला । किनकि २\२ जनाको दरले सबै दलको प्रतिनिधित्व हुंदा त गठबन्धनका १० जनाको एउटै स्वरले एमालेलाई घेराबन्दी गर्नुमा नै बैठक सिमित हुने प्रष्टै देखिएको अवस्थामा एमालेले त्यस्तो बैठकमा कसरि सहभागिता जनाउला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर