महानायकत्वको लडाईं ! – Nepal Press
टिप्पणी

महानायकत्वको लडाईं !

काठमाडाैं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र अभूतपूर्व संकटमा छ । डेढ वर्षदेखि सिनेमा हलहरु बन्द छन् भने नयाँ चलचित्र बनेका छैनन् । दर्शक हलमा फर्किन अझै कति समय लाग्ने हो भन्ने एकीन छैन ।

कोरोनाले थिलोथिलो बनाइरहेको यस क्षेत्रलाई अब कसरी उठाउने भनेर यतिबेला चलचित्रकर्मीमाझ गम्भीर विचारविमर्श हुनुपर्ने हो । दर्शकलाई हलमा फर्काउने उपायहरुको खोजी गरिनुपर्ने हो । तर, चलचित्र क्षेत्रका दिग्गजहरु यतिबेला नितान्त बेमौसमी बाजा बजाइरहेका छन् । सामाजिक सञ्जालमा एउटै विषय ट्रेन्डिङमा छ– राजेश हमाल नेपाली चलचित्र क्षेत्रका महानायक हुन् कि होइनन् ? रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेको भन्दा फरक छैन यो दृष्य ।

चलचित्र क्षेत्रमा अहिले कसले कसलाई कतिबेला ‘महानायक’ र ‘महानायिका’ को पगरी गुथाइदिने हो भन्न नसकिने अवस्था छ । बाटो हिँडिरहँदा कसैले तपाईंलाई समातेर अपर्झट ‘महानायक’ वा ‘महानायिका’ घोषणा गरिदियो भने आश्चर्य नहुने भयो । यही सिलसिलाले त भोलि सबैले आ-आफूलाई स्वघोषणा गर्ने दिन पनि नआउला भन्न सकिन्न !

अहिले आएर फेरि भुवन र शिवले अरिंगलको गोलामा हात हाले । यसको परिणाम उनीहरुलाई चर्को परिरहेको छ । अधिकांश दर्शक राजेश हमालको पक्षमा छन् । त्यसैले जति विवाद चर्कियो त्यति उनलाई फाइदा छ । सायद मखलेर बनेर रमिता हेरिरहेका होलान् ।

दुई साताअघि चलचित्र क्षेत्रका दुई लिजेन्ड शिव श्रेष्ठ र भुवन केसीले यो रुग्ण विवादलाई अनायाश ब्यूँताएका थिए । एउटा चलचित्रको गीत रिलिजका लागि गरिएको प्रेसमिटमा उनीहरुले अभिनेत्री गौरी मल्ललाई हठात महानायिका घोषणा गरिदिए । अनि, एक-अर्कालाई ‘महानायक’ । त्यसपछि त के थियो । राजेश हमालका फ्यानहरु भुवन र शिवमाथि अरिंगाल झैं जाइलाग्न थाले । जुन क्रम अहिले पनि रोकिएको छैन ।

महानायकको विवाद दुई वर्षअघि पनि उब्जेको थियो । त्यसबेला अभिनेत्री दिपाश्री निरौलाले पनि हमालको महानायकत्वमाथि प्रश्न उठाएकी थिइन् । त्यसबेला उनले र उनको बचाउमा उत्रिने अन्य चलचित्रकर्मीले हमालका समर्थकबाट यस्तै खालै ‘अरिंगल डसाइ’ सहनुपरेको थियो । दीपाश्रीले रुँदै माफी मागेकी थिइन् । अहिलेसम्म पनि उनी उक्त ‘सदमा’ बाट पूर्णरुपमा बाहिर निस्किन सकेकी छैनन् ।

अहिले आएर फेरि भुवन र शिवले अरिंगलको गोलामा हात हाले । यसको परिणाम उनीहरुलाई चर्को परिरहेको छ । अधिकांश दर्शक राजेश हमालको पक्षमा छन् । त्यसैले जति विवाद चर्कियो त्यति उनलाई फाइदा छ । सायद मखलेर बनेर रमिता हेरिरहेका होलान् ।

भुवन र शिवको गठजोड

भुवन केसी र शिव श्रेष्ठले ‘महानायक’को लुतो कोतर्नु रणनीतिक र योजनावद्ध देखिन्छ । उनीहरुको स्पष्ट उद्देश्य हो, राजेश हमालको ‘महानायक’ उपाधिलाई विवादास्पद बनाउनु । हमाललाई महानायक भन्ने गरिएकोमा उनीहरु चरम असन्तुष्ट छन् । यस मुद्दामा भुवन र शिवको गठजोड देखिएको छ ।

यी दुई समकालीन अभिनेताबीच पहिल्यैदेखि लोभलाग्दो मित्रता थियो । आफ्नो कालका प्रतिस्पर्धी नायक भए पनि उनीहरुको आपसी सम्वन्ध कहिल्यै कटुतापूर्ण भएन । अहिले पनि उनीहरु सञ्चारमाध्यममा एक–अर्काको प्रशंसा अनि बढाइचढाईं गरेर थाक्दैनन् । एक–अर्काको खुट्टा तान्न अभ्यस्त अहिलेका कलाकारहरुले उनीहरुबाट यो गुण सिक्न सक्छन् ।

त्यस कार्यक्रममा पनि शिव र भुवनले एकअर्काको उत्पात बखान गरेका थिए । भुवन केसीले अन्तर्राष्ट्रियस्तरमा नै आफूलाई स्थापित गरेर शिवले नेपालको नाम राखेको भन्दै गुणगान गाए । शिवले चाहिँ भुवन केसी नभएको नेपाली चलचित्र क्षेत्र उहिल्यै धराशयी भइसक्ने विश्लेषण सुनाए ।

शिव र भुवनले गरेका यी कुराहरुमा केही सत्यता छ पनि । उनीहरु दुवै नेपाली चलचित्रको इतिहासमा बिर्सिन नसकिने नाम हुन् । दुवैले थुप्रै यादगार चलचित्रहरु खेलेका छन् । शिव एक समय पाकिस्तानी चलचित्रमा समेत जमेका थिए । अनि, भुवन केसीले अभिनय मात्र नभएर निर्माणमा समेत आफूलाई सफल सावित गरे ।

राजेश हमालको नेपाली चलचित्रमा इन्ट्री भइसकेपछि यी दुवैको मार्केट डाउन भएको सत्य हो । त्यसले गर्दा पनि हमालप्रति उनीहरुमा एकप्रकारको तुष भेटिन्छ । हमाललाई महानायक भन्न थालिएपछि यसको विपक्षमा उनीहरु एक ठाउँ उभिएका छन् ।

भुवन केसी भर्सेस राजेश हमाल

केही चलचित्रकर्मीहरु राजेश हमालभन्दा भुवन केसी महानायकको बढी हकदार रहेको बताउने गर्छन् । भुवनको आफ्नै बुझाइ पनि हमालभन्दा आफू अब्बल हुँ भन्ने नै छ ।

एक अन्तरवार्तामा उनलाई सोधिएको थियो, ‘अभिनयमा भुवन केसी कि राजेश हमाल ?’

अभिनेताका रुपमा मात्र नभएर फिल्म निर्माताका रुपमा पनि भुवनले दिएको योगदान महत्वपूर्ण छ । उनले निर्माण गरेका चलचित्र अधिकांश दर्शकले मन पराएका छन् । जतिबेला नेपाली चलचित्र धर्मराउँदो अवस्थामा थियो, भुवनले ‘करोडपति’ निर्माण गरेर चलचित्र क्षेत्रमै नयाँ रक्तसञ्चार गराइदिएका थिए ।

भुवनले नहिच्किचाइकन आफ्नै नाम लिए ।

उनले व्याख्या गर्दै भनेका थिए, ‘हमालजी राम्रो कलाकार हो, तर जुनसुकै फिल्ममा पनि उहाँको अभिनय एकैप्रकारको हुन्छ । मेरो हेर्नुभयो भने हरेक फिल्ममा फरक–फरक छन् ।’

भुवन केसी र राजेश हमाल दुवैको ठूलो योगदान छ नेपाली चलचित्रमा । तर, उनीहरुको क्षमता, शैली र सफलताका आयामहरु फरक छन् । आ–आफ्ना कमजोरीहरु पनि छन् ।

राजेश हमाल युग सुरु हुनुअघि नेपाली चलचित्रमा भुवन नै यत्रतत्र थिए । पुरानो कालखण्डका राम्रा चलचित्रको नाम लिनुपर्यो भने उनी अभिनित चलचित्रहरु धेरै पर्छन् । सन्तान, सम्झना, कुसुमेरुमाल, साइनो, चिनो, दुई थोपा आँशु, तृष्णा, दक्षिणा जस्ता कालजयी चलचित्रहरुमा उनले अभिनय गरेका थिए । उनले खेलेका चलचित्रहरु व्यापारिक रुपमा पनि धेरै सफल भए ।

अभिनेताका रुपमा मात्र नभएर फिल्म निर्माताका रुपमा पनि भुवनले दिएको योगदान महत्वपूर्ण छ । उनले निर्माण गरेका चलचित्र अधिकांश दर्शकले मन पराएका छन् । जतिबेला नेपाली चलचित्र धर्मराउँदो अवस्थामा थियो, भुवनले ‘करोडपति’ निर्माण गरेर चलचित्र क्षेत्रमै नयाँ रक्तसञ्चार गराइदिएका थिए ।

करिब चार दशकदेखि नेपाली चलचित्रमा सक्रिय भुवनले आफ्नो सबैथोक यही क्षेत्रमा लगाएका छन् । श्रीमती र छोरालाई पनि उनले रंगीन पर्दामा ल्याए । भुवनका छोरा अनमोल केसी अहिलेका जल्दाबल्दा सुपरस्टार हुन् । युवापुस्तामा उनको ठूलो क्रेज छ ।

नेपालमा सबैभन्दा ठूलो जनसंख्याले चिनेको फिल्मी अनुहार पनि सम्भवत राजेश हमाल नै हुन् । बच्चादेखि बुढासम्मले उनलाई चिन्छन् । नेपाली चलचित्र नियमित हेर्ने दर्शकको एउटा वर्गमा राजेश हमालको भयंकर क्रेज छ, जसको प्रतिबिम्ब अहिले सामाजिक सञ्जालमा देखिन्छ ।

रोमान्स किङ भनेर चिनिने भुवन केसी ‘स्क्यान्डल किङ’समेत हुन् । उनले आफ्नो करिअरमा कहिल्यै स्क्यान्डलको कमि हुन् दिएनन् । जुन चलचित्रमा काम गर्यो त्यसकै नायिकासँग उनको नाम जोडिन्थ्यो । एकचोटि त उनलाई एड्स लागेको गलत हल्लासमेत चलेको थियो ।

नायकको रुपमा भुवन केसीका धेरै कमजोरी छन् । उनको अभिनयमा विविधताको कमि छ । नृत्यमा लगभग जिरो नै छन् । एक्सनमा पनि उनको दम छैन । एक दशकयता चलचित्रको ट्रेन्ड परिवर्तन भएर नायकले डान्स र फाइट जान्नैपर्ने आवश्यकताको अन्त्य भएकाे छ । तर भुवनको समयमा यी दुवै पक्ष अत्यावश्यक मानिन्थे र उनी दुवैमा कमजोर थिए ।

राजेश हमालको कुरा गर्दा उनले करिब डेढ दशकसम्म नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरे । नेपाली चलचित्रको एउटा युगलाई नै उनले नेतृत्व गरेका हुन् भन्दा अतिशयोक्ति नहोला । त्यस समय राजेश हमाललाई फिल्म खेलाउनका लागि एक वर्षसम्म कुर्न तयार थिए निर्माता–निर्देशक । उनले भ्याउँदै नभ्याउने भएपछि मात्रै अरु हिरोहरुको पालो आउँथ्यो ।

नेपालमा सबैभन्दा ठूलो जनसंख्याले चिनेको फिल्मी अनुहार पनि सम्भवत राजेश हमाल नै हुन् । बच्चादेखि बुढासम्मले उनलाई चिन्छन् । नेपाली चलचित्र नियमित हेर्ने दर्शकको एउटा वर्गमा राजेश हमालको भयंकर क्रेज छ, जसको प्रतिबिम्ब अहिले सामाजिक सञ्जालमा देखिन्छ ।

हमाल नेपाली चलचित्र क्षेत्रभित्रका सुशिक्षित र बौद्धिक व्यक्तित्व मानिन्छन् । पढेलेखेका (त्यसबेला चलचित्र क्षेत्रमा मास्टर्स पढेका कलाकार उनीमात्रै थिए) र अंग्रेजी खररर बोल्न जान्ने क्षमताले पनि उनको ब्रान्ड भ्यालु बढाएको थियो ।

लामो समय चलचित्र क्षेत्रमा सक्रिय रहँदा पनि हमाल ठूलो विवादमा मुछिएनन् । उनको नाम कुनै नायिकासँग जोडिएन । उनलाई कामसँग मात्रै मतलब थियो । प्रायः रिजर्भ बस्ने र शालिन स्वभावका कारण पनि हमालले आफ्नो उचाई कायम राखे ।

हमालले असंख्य चलचित्र खेले । अफर लिएर आउने कसैलाई पनि नाई भनेनन् । नेपाली चलचित्रलाई चलायमान बनाउन र व्यवसायिकतातर्फ लैजान उनको भूमिका छ । उनलाई खेलाउनकै लागि चलचित्र बनाउने निर्माताहरु पनि थिए भनिन्छ । राजेश हमाललाई खेलाएपछि नाफा कमाइन्छ भन्ने मानसिकता थियो धेरै निर्माता–निर्देशकमा ।

हमालका दुर्वल पक्षहरु पनि उत्तिकै छन् । उनले संख्यात्मकरुपमा धेरै चलचित्र खेले, तर गुणात्मकतामा पटक्कै ध्यान दिएनन् । पैसा पाएपछि जस्तो अफर पनि आँखा चिम्लेर स्वीकार्ने गरेको आरोप हमालमाथि छ, र यो पनि सत्य हो ।

जतिबेला उनी चलचित्रमा हाइ डिमान्डेड थिए, एकैपटक ३–४ वठा चलचित्रमा काम गर्थे । पैसा हातमा परिसकेपछि उनी चलचित्रको कथासमेत नसुनिकन सिधै सुटिङ स्पटमा पुग्ने गर्थे । चलचित्रको व्यानर, कथावस्तु, निर्देशक, सहकलाकार उनलाई केहीको मतलब भएन । फलत: उनले धेरै खराब चलचित्रहरुमा काम गरे ।

हमालले खेलेका तीनसय जति चलचित्रमध्ये आधाजसो ‘पत्रु’ छन् भन्दा फ्यानहरुलाई ठेस पुग्न सक्छ । तर यथार्थ यही हो । उनका ‘कालजयी’ चलचित्रहरु सम्झिनुपर्‍याे भने ‘देउता’ र ‘बसन्ती’ पछि तेस्रो नाम उनले नै लिन नसक्लान् ।

आजका दिनसम्म पनि हमालको प्रवृत्ति उस्तै नै छ । चलचित्र निर्माण हुन छाडेपछि उनी म्युजिक भिडियो खेल्न थालेका छन्, त्यो पनि कुनै छनोटबेगर । उनी जेजस्ता म्युजिक भिडियो खेलिरहेका छन्, त्यसले उनको साख गिराइरहेको छ । दुर्गेश थापाले खेल्नेभन्दा पनि निर्गतिला म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ ।

गीतका शब्द, संगीत, सहकलाकारबारे कुनै चासो नराखिकन उनी सिधै सुटिङ स्पटमा पुग्छन् र नातिनी उमेरका मोडलहरुसँग कम्मर मर्काउँदै नाच्न थाल्छन् । पैसाकै लागि हमालले यस्ता स्तरहीन भिडियोहरु नखेलिदिए हुन्थ्यो भन्ने शुभचिन्तकको इच्छा छ ।

पृथ्वीनारायण शाहलाई बडामहाराजधिराज भनेजस्तो राजेश हमाललाई महानायक भन्नैपर्ने अनिवार्यता छैन । कसैले भन्छ भने उसको मुख थुन्ने हक पनि कसैलाई छैन । कुरो यत्तिमै सकिनुपर्ने हो । अनावश्यकरुपमा चुईंगम तन्क्याएजसरी तन्काउने काम भइरहेको छ । सायद चलचित्र क्षेत्र अहिले धेरै फुसर्दिलो भएर पनि हुन सक्छ ।

आर्थिक शुभलाभ हुने ठाउँमा भने हमालको उपस्थिति आज पनि दुर्लभ मानिन्छ । उनी अन्तरवार्ता कम दिन्छन् । पैसा नआउने कार्यक्रमहरुमा प्रायः जाँदैनन् । पर्दा बाहिरका सामाजिक गतिविधिमा उनको धेरै अभिरुची छैन ।

डेढ वर्षदेखि चलचित्र क्षेत्र अस्तव्यस्त भएर थुप्रै कलाकारहरुको रोजीरोटी संकटमा पर्दा उनको खोजी भएको थियो । त्यसपछि उनले एक दिन केही प्राविधिकहरुलाई डाकेर ५–५ हजार रुपैयाँ राहत वितरण गरे, तर अरुबाट संकलित रकम थियो त्यो । कलाकारले समाजसेवामा पैसा खर्च गर्नैपर्छ भन्ने होइन, तर चलचित्र क्षेत्रलाई संकट पर्दा उनीजत्तिको हस्तिबाट केही न केही भूमिका अपेक्षित हुन्छ, जुन हमालबाट पूरा भएन ।

को महानायक ?

शाब्दिक अर्थमा ‘महानायक’ भन्नाले ‘नायकहरुका पनि नायक’ भनेर बुझ्न सकिन्छ । महानायक हुनका लागि चाहिने योग्यताको वर्णन भने कुनै शास्त्रले गरेका छैनन् । चलचित्र क्षेत्रमा एकजना महानायक हुनैपर्छ भन्ने पनि कुनै संविधानमा लेखिएको छैन । नेपालमा बलिउडको नक्कल गरिएको मात्र हो ।

देशभर सयौंको संख्यामा हलहरु स्थायीरुपमै बन्द भएका छन् । निकट भविष्यमा नै यो अवस्थामा सुधार आउला भन्ने संकेत छैन । अब सबै चलचित्रकर्मीहरु महानायकको माथापच्चीमा भिड्नुको साटो कसरी चलचित्र क्षेत्रको संकटमोचन गर्ने भन्नेतिर ध्यान केन्द्रीत गर्दा बेस होला ।

कलाकर्मी/साहित्यकारहरुलाई दिइने उपाधिहरु कति औपचारिक हुन्छन् त कति अनौपचारिक । मुख्य कुरा त्यसलाई जनमानसले स्वीकारेको छ कि छैन भन्ने हो । नेपाली चलचित्र नियमित हेर्ने दर्शकले हमाललाई महानायक स्वीकारेको देखिन्छ । युट्यूवदेखि टिकटकसम्ममा आएका प्रतिक्रियाहरु हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी उनको पक्षमा छन् । तर, चलचित्र क्षेत्रकै हस्तीहरु, समीक्षक र देशको बौद्धिक सर्कल हमाललाई महानायक भन्न तयार छैनन् । धेरै चलचित्र खलेको आधारमा मात्र महानायक भन्न नसकिने उनीहरुको तर्क छ ।

स्मरणीय यो छ कि राजेश हमालले पाएको महानायक पद्वी औपचारिक होइन । राज्यको तर्फबाट वा सिंगो चलचित्र क्षेत्रबाट उनलाई महानायक घोषणा भएको छैन । एउटा टेलिभिजन कार्यक्रमले उनलाई दिएको उपाधि हो । त्यसलाई मान्न वा नमान्न सकिन्छ ।

पृथ्वीनारायण शाहलाई बडामहाराजधिराज भनेजस्तो राजेश हमाललाई महानायक भन्नैपर्ने अनिवार्यता छैन । कसैले भन्छ भने उसको मुख थुन्ने हक पनि कसैलाई छैन । कुरो यत्तिमै सकिनुपर्ने हो । अनावश्यकरुपमा चुईंगम तन्क्याएजसरी तन्काउने काम भइरहेको छ । सायद चलचित्र क्षेत्र अहिले धेरै फुसर्दिलो भएर पनि हुन सक्छ ।

यतिबेला चलचित्र क्षेत्र ठप्प हुँदा हजारौंले रोजगारी गुमाइरहेका छन् । प्रदर्शन गर्न ठीक्क अवस्थामा रहेका दर्जनौं चलचित्रमा गरिएको करोडौं लगानी जोखिममा छ । देशभर सयौंको संख्यामा हलहरु स्थायीरुपमै बन्द भएका छन् । निकट भविष्यमा नै यो अवस्थामा सुधार आउला भन्ने संकेत छैन । अब सबै चलचित्रकर्मीहरु महानायकको माथापच्चीमा भिड्नुको साटो कसरी चलचित्र क्षेत्रको संकटमोचन गर्ने भन्नेतिर ध्यान केन्द्रीत गर्दा बेस होला ।


प्रतिक्रिया

One thought on “महानायकत्वको लडाईं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *