धनुषामा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु – Nepal Press

धनुषामा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका– १८ को सीमामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ज ९ प १९८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मृतक तीनैजना एउटै मोटरसाइकलमा सवार थिए । लाइसेन्सको आधारमा मृतकमध्ये जनकपुरका कुनाल कुमार साहको मात्र पहिचान खुलेको छ ।

मृतकहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर