समूह विजेता बन्दै पुलिस अन्तिम आठमा – Nepal Press

समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै समूह बीबाट अन्तिम आठमा पुगेको हो । पुलिसले समूह चरणमा तीन खेल जित्दै ९ अंक जोडेको छ । गण्डकीलाई पहिलो सेटमा २५-१४ ले हराएको पुलिसले दोस्रो र तेस्रो सेटमा २५-१४, २५-१८ को सहज जित निकालेको थियो । पुलिससँग पराजित भएको गण्डकीले पनि समूह उपविजेताको रूपमा अन्तिम आठमा स्थान बनाएको छ ।

यस्तै सोही समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३-१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावाँलीलाई २५-१६, २१-२५, २५-१५ र २५-२३ ले पराजित गरेको हो ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले गलकोट स्पोर्टस् क्लबमाथि ३-१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई २५-१८, २२-२५, २५-२२ र २५-१९ ले पराजित गर्दै समूह ए को बिजेताको रूपमा क्वाटरफाईनल प्रवेश गरेको छ । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तर्गत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *