नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली – Nepal Press

नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली

काठमाडौं । लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै आज २६६५.९४ विन्दुमा पुग्यो ।

बजार खुलेदेखि उतारचढाव बेहोरेको नेप्से बजार बन्द हुँदा परिसूचक बढेको हो । आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लाग्यो । सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर करिब ४ प्रतिशतका दरले बढेको छ ।

गत विहीबार २ अंकले बढेको बजार त्यसपछि भारी अंकले गिरावट आएको थियो । गएको तनि दिनमा मात्र नेप्से परिसूचक २०४ अंकले बजार घटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर