एमालेको आग्रहमा लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित – Nepal Press

एमालेको आग्रहमा लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

सांसदद्वय विमला वली र अजय शाही पदमुक्त हुनपर्ने एमालेको माग कायमै

रूपन्देही । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सूचना टाँसेर स्थगित भएको छ। असोज ७ मा बोलाइएको सदन सूचनाबाट आजका लागि सारिएको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामूख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।

भदौ १ गते प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन्। एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।

एमालेले आफ्ना माग पूरा नभइ सदन चल्न नदिने पुरानो निर्णयमा फेरबदल नभएको एमालेका प्रमुख सचेतक भूमिश्ववर ढकालले बताए । उनले आफ्नो पार्टीको विधान अधिवेशन रहेको जानकारी सदनलाई दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर