विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ) – Nepal Press

विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ)

काठमाडौं । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सरकारले केवल व्यवसायीहरूलाई यसरी नै हस्तक्षेप गर्दै गए घर-घरमा टेलिभिजन च्यानल पुर्‍याउन नसकिने बताएका छन् ।

केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा पछिल्लो समयमा विद्युत प्राधिकरणले केवल टिभी व्यसायीलाई ३५० प्रतिशत पोल भाडा वृद्धि गरेकोतर्फ लक्षित गर्दै आचार्यले भने, ‘पछिल्ला समयमा सरकारबाट जुन प्रकारले हस्तक्षेपकारी गतिविधि भइरहेको छ । यसले नेपालको टेलिभिजन व्यवसाय नै धरापमा पर्छ लेखेर राख्नुहोस् ।’

सरकारले विदेशीलाई काखी च्याप्ने र नेपाली व्यवसायीलाई घाँटी निमोठ्ने काम गरिरहेको उनको आरोप छ । आचार्यले भने, ‘नेपाली व्यवसायहरूलाई हैरानी दिएर सरकारले विभिन्न माध्यमबाट विदेशी च्यानल खुलम खुल्लारूपमा प्रसारण गर्ने छुट दिइरहेको छ । सरकारले डिजिटाइजेसनको नेतृत्व गर्न सकेन ।’

अर्बौंको जोखिम मोलेर आफूहरूले व्यवसाय संचालन गरे पनि राज्यबाट पटक-पटक उपेक्षा गर्ने काम भएको भन्दै आचार्यले दु:ख जनाए । डिस होमले मात्रै १० वर्षमा ८ अर्ब राजस्व बुझाएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर