सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ: अध्यक्ष तिमिल्सिना – Nepal Press

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका काम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन् ।

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘दिगो विकास लक्ष्य सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषयबै सर्वसाधारण जनता, श्रमिक तथा किसानहरुलाई जानकारी हुनुपर्ने उनले बताए ।

‘नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउन, जननिर्वाचित प्रतिनिधिलाई सचेत र जिम्मेवार बनाउन, भ्रष्टचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक हुन जरुरी छ,’ सो अवसरमा तिमिल्सिनाले भने ।

‘अहिले आयोजनाको सामान्य जानकारी दिने बोर्ड राख्ने चलन छ। तर, आयोजनाको सम्झौताको दस्तावेज सार्वजनिक गर्न आनकानी गरिन्छ,’ उनले भने , ‘आयोजना कार्यान्वयनको गुणस्तरमा प्रभाव पार्ने सामग्रीहरु, मात्रा, प्रभाव पार्ने क्षेत्र बारेमा जानकारी नहुँदा आयोजना पारदर्शी हुँदैनन्, कमसल हुन्छन्, समयमा सम्पन्न हुँदैनन्, उपभोक्ताले प्रभावकारी उपभोग गर्न पाउँदैनन् र राज्यको सम्पत्तिको क्षति हुन्छ।त्यसैले सबै काम सूचना पारदर्शी हुन जरुरी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर