बुटवलका मेयर कुटेका पंगेनी धरौटीमा रिहा – Nepal Press

बुटवलका मेयर कुटेका पंगेनी धरौटीमा रिहा

रुपन्देही । एक साताअघि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गरेर चर्चामा आएका बुटवल ३ का गणेश पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले ईलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए ।

पंगेनीले असाेज ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदीमाथि दुव्र्यवहार गरेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरेको थियो ।

मेयर सुवेदीलाइ दुव्र्यबहादर गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरोपीडित हुन् । मेयर सुवेदीले उनलाई थप कानुनी कारबाही अगाडि नबढाउन आव्हान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *