ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु, छोरालाई कलेज बस चढाउन निस्केकी थिइन् आमा – Nepal Press

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु, छोरालाई कलेज बस चढाउन निस्केकी थिइन् आमा

रूपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर