दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा – Nepal Press

दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा छन् ।

पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१-१४, २१-१५ र २१-१७ ले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बी मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

यसै गरी गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोस्रो दिन पनि गलकोटले प्रदेश २ माथि जित निकाल्दै थप तीन अंक जोडेको हो । गलकोटले वागमती प्रदेशलाई २५-२३, २५-२१ र २५-१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुआत गर्दै बागमती प्रदेश माथि २५-१६, २५-१३ र २५-१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरुलाई प्राथमिकतामा राखेको छ ।

यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३-१ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५-१२, २५-२२, २०-२५ र २७-२५ को जित निकालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर