पाल्पा कांग्रेस : दुई स्थानीय तहमा निर्वाचन, सातमा सर्वसम्मत – Nepal Press

पाल्पा कांग्रेस : दुई स्थानीय तहमा निर्वाचन, सातमा सर्वसम्मत

तानसेन नगरपालिकामा स्थगित

रुपन्देही । १० पालिका रहेको पाल्पामा नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत ९ वटा पालिकामा निर्वाचन सकिएको छ भने तानसेन नगरपालिकामा ३ दिनभित्र दुवै समूहका प्रतिस्पर्धीबीच सहमति गर्न निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

अधिवेशन सम्पन्न पालिकामध्ये ७ वटामा सर्वसम्मत र दुई वटामा निर्वाचनका माध्यमबाट नेतृत्व छनौट गरिएको हो । तानसेन नगरपालिकामा भने सहमतिको गर्ने भन्दै निर्वाचन कार्यक्रम स्थगित भएको छ । नगर सभापतिमा मोहनप्रसाद श्रेष्ठ र सुर्वणमुनी शाक्यबीच प्रतिस्पर्धा रहेकोमा सहमतिको नाममा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । तीन दिनभित्र सहमति नजुटेमा बुधबारभित्र निर्वाचन गर्ने तानसेन नगर समितिले जनाएको छ ।

जिल्ला सदरमुकाममा रहेको तानसेनमा अधिवेशन स्थगित भएको छ भने रामपुर नगरपालिका सभापतिसहित सबै पदाधिकारी र रिव्दीकोट गाउँपालिकामा सभापति पदमा मात्र निर्वाचन भएको थियो । रामपुर नगरपालिकाबाट सभापतिमा नेत्रप्रसाद भट्टराई, उपसभापतिमा देवबहादुर थापा, ज्ञानप्रसाद भण्डारी, सचिवमा चिरञ्जीवी सिग्देल, ओमप्रकाश बस्याल सहसचिवमा आवाश भट्टराई, र राजन सुनार विजयी भएका छन् ।

रामपुरमा पदाधिकारीको सबै पदमा निर्वाचन भएको थियो, सभापतिमा विजयी भएका भट्टराईले १२५ र प्रतिद्वन्द्वी अर्जुनप्रसाद रेग्मीले ८२ मत ल्याएका थिए । रामपुरमा नगरपालिकामा भने पदाधिकारीहरुको सबै पदमा निर्वाचन भएको थियो ।

यसैगरी रिव्दीकोट गाउँपालिकाको पार्टी सभापतिको निर्वाचनमा रामचन्द्र पाण्डे विजयी भएका छन् । निर्वाचनमा पाण्डेले ९७ मत ल्याई विजयी भएका थिए उनका प्रतिस्पर्धी ईन्द्र पाण्डेले ७ मत ल्याएका थिए । सभापतिबाहेक अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भएका हुन् । उपसभापतिमा चन्द्र पोखरेल, खड्ग बहादुर थापा, सचिवमा कमल थापा विष्णु खड्का सहसचिवमा नर बहादुर बुचा र विष्णु खनालसहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेस रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णु प्रसाद पोखरेल, उप सभापति हरिप्रसाद पोखरेल, हुम बहादुर रेश्मी, सचिव विश्वराज पन्त, राजेश कार्की, सहसचिव गोपाल पौडेल र सुकमाया विक सहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् ।

बगनासकाली गाउँपालिकाको पार्टी सभापतिमा थानेश्वर तिमिल्सीना, उपसभापति विष्णु प्रसाद बस्याल, विष्णुमाया चिदी, राजेन्द्र राना राजेन्द्र प्रसाद बस्याल, सह-सचिव शोभाखर शर्मा र कमल भट्टराई र कोषाध्यक्षमा पशुपती अधिकारी सहित ५३ सदस्यीय निर्विरोध चयन भएका छन् ।

रम्भा गाउँपालिकाको पार्टी सभापतिमा ऋषिराम अर्याल, उपसभापतिमा सुमन पाण्डे, विष्णु केसी, सचिवमा ईश्वर प्रसाद काफ्ले, विष्णु प्रसाद श्रेष्ठ, सह सचिवमा तुल बहादुर सुनारी र भिमबहादुर सारुसहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् ।

पूर्वखोला गाउँपालिकाको पार्टी सभापतिमा विष्णुकुमारी आचार्य, उपसभापतिमा मेघराज न्यौपाने, दुर्गा बहादुर सारु, सचिवमा भुपाल पंगेनी, ऋषिराम ढेंगा, सह सचिवमा नवराज श्रेष्ठ र जगत बहादुर हिस्कीसहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् ।

निस्दी गाउँपालिकाको पार्टी सभापतिमा पुर्ण बहादुर खाँण, उपसभापतिमा शिव प्रसाद उपाध्याय, प्रेम बहादुर सिंजाली, सचिवमा विजय अर्याल, नरेन्द्र बहादुर आले, सहसचिवमा ईजर सिंह सोती, र अर्जुन सोमैसहित २९ सदस्यीय निर्विरोध चयन भएका छन् ।

तिनाउ गाउँपालिकाको पार्टी सभापतिमा प्रेमप्रसाद पाण्डे, उपसभापति सन्तोष कुमार शेरचन, पदमबहादुर खत्री, सचिवमा विनोद खत्री, गोपाल चौहान, सहसचिवमा कुमार थापा, हिमाल राना सहित ३९ सदस्यीय निर्विरोध चयन भएका छन् ।

माथागढी गाउँपालिकाको पार्टी सभापतिमा दिपक थापा, उपसभापति इन्द्रकुमारी सुनारी, महेन्द्र बहादुर जिसी, सचिवमा सुरेन्द्र ढेंगा, सावित्रा पन्थी, सह-सचिवमा किरण अधिकारी र डम्वर बाकावल सहित ४८ सदस्यीय निर्विरोध चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर