विदेशी पर्यटक आगमन सहज गर्ने निर्णयको होटल व्यवसायीद्वारा स्वागत – Nepal Press

विदेशी पर्यटक आगमन सहज गर्ने निर्णयको होटल व्यवसायीद्वारा स्वागत

काठमाडौं । लामो समयसम्म थला परेको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले गरेको निर्णयको नेपाल होटल एसोसिएसन संघ (हान) ले स्वागत गरेको छ ।

हानले आज जारी गरेको विज्ञप्तिमा खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता निणर्य गरेकाले व्यवसायी उत्साहित भएको बताएको छ ।

‘सरकारको यो निणर्यबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको छ । साथै विदेशबाट खोपको पूर्णमात्रा पूरा गरी भ्रमणमा आउने पाहुनाहरूलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध गराइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थासम्बन्धी सरकारबाट जारी आदेश २०७८ को शीघ्र पूर्णरूपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरूमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर