६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो – Nepal Press

६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । आज नेप्से २७५८.४८ विन्दुमा रोकिएको छ ।

आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५.८९ प्रतिशतले घट्यो ।

मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर