प्राविधिकतर्फका सचिव राजेन्द्रप्रसाद खनाल अनिवार्य अवकाशमा – Nepal Press

प्राविधिकतर्फका सचिव राजेन्द्रप्रसाद खनाल अनिवार्य अवकाशमा

सचिव बढुवा प्रक्रिया अघि बढेन, नेपाल ट्रष्टको कार्यालय कार्यकारी सचिव बिहिन 

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिव राजेन्द्रप्रसादले खनालले शनिबारदेखि अनिवार्य अवकाश पाएका छन् । उमेर हदका कारण सचिवमा बढुवा भएको २ महिनामा नै अनिवार्य अवकाश पाएका हुन् ।

प्राविधिकतर्फ नेपाल इन्जिनियरिङ सेवा तर्फका राजपत्रांकित बिशिष्ट श्रेणीका सचिव खनाल अनिवार्य अवकाशमा गएसँगै कार्यालय सचिव विहिन भएको छ । गत असार २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका ३ वरिष्ठ सहसचिवमध्ये दोस्रो नम्बरमा सिफारिस भएका खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत असार २७ गते बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा सहसचिव गोपालप्रसाद सिग्देल, दुई नम्बरमा राजेन्द्रप्रसाद खनाल र तीन नम्बरमा सरजुकुमार वैद्यको नाम सिफारिस गरेको थियो ।

यस अघि निरन्तर पहिलो नम्बरमा सिफारिश भएका सहसचिवलाई सचिवमा बढुवा हुदैँ आएको भए पनि खनालको पालामा भने पहिलो नम्बरका सिग्देललाई नभई दोस्रो नम्बरका खनाललाई बढुवा गरिएको थियो ।

तत्कालिन मन्त्रिपरिषद्ले सिग्देलको अझै समयावधि २ महिना मात्रै बाँकी रहेकाले मानवीयताका नाताले खनाललाई सचिव बनाएको बताइएको थियो । खनाल त्यतिबेला सचिवमा बढुवा नभएको भए अहिले सहसचिवबाटै अनिवार्य अवकाशमा जाने सूचीमा थिए ।

तर बरियता मिचेर आफु सचिवमा बढुवा नभएको भन्दै एक नम्बरमा सिफारिस भएका बरिष्ठ सहसचिव गोपाल सिग्देल भने असन्तुष्ट छन् । बरियता मिचेर बढुवा भएका खनाल सचिवमा बढुवा भएर अनिवार्य अवकाशमा गइसक्दा समेत सिग्देल सचिवमा बढुवा भएका छैनन् ।

सचिव बढुवा प्रक्रिया अघि बढेन, नेपाल ट्रष्टको कार्यालय कार्यकारी सचिव बिहिन 
एक सचिव अनिवार्य अवकाशमा गएको जानकारी सचिव बढुवा सिफारिस समितिलाई प्राप्त भइसकेको छ । पत्र प्राप्त भइसकेपछि प्राविधिकतर्फ सचिवको दरबन्दी रहेको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण सरकारले पुषदेखि नरहनेगरी खारेज गर्ने निर्णय गरिसकेकाले त्यहाँ कार्यरत सचिव शुशिलचन्द्र तिवारीलाई अब कहाँ व्यवस्थापन गर्ने भन्ने निर्णय भइनसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु भएको छैन ।

यस अघि भने सचिव अनिवार्य अवकाश हुने बित्तिकै बढुवाका लागि प्रक्रिया अघि बढ्ने गरेको थियो । तर करिव ४ महिना पछि मात्रै खारेज हुने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिवलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले अहिले प्राविधिकतर्फ सचिव बढुवा नहुदाँ नेपाल ट्रष्टको कार्यालय ४ महिना सचिव बिहिन हुने भएको छ भने २ महिना अघि नै सचिवमा बढुवा हुने गरी सिफारिस भएका सिग्देल पनि सचिव बढुवा हुन अझै ९ महिना लाग्ने भएको छ ।

यद्यमी प्राविधिक तर्फको सचिव बढुवा गर्ने नि नगर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । यस अघि अहिले अनिवार्य अवकाशमा गएका खनाललाई सचिवमा बढुवा गर्ने क्रममा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकमा पनि यो विषयले प्रवेश पाए पनि टुंगो भने लागेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *