बाबा साकोसको नाफा ५७ लाख, सामाजिक उत्तरदायित्वप्रति मेयर श्रेष्ठ आभारी – Nepal Press

बाबा साकोसको नाफा ५७ लाख, सामाजिक उत्तरदायित्वप्रति मेयर श्रेष्ठ आभारी

भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैयाँ ९८ पैसा खुद नाफा गरेको छ ।

संस्थाको १६ औं वार्षिक सभामा दिइएको जानकारी अनुसार उक्त वर्षमा ४ करोड ९२ लाख २ हजार १ सय रुपैयाँ शेयर पुँजी रहेको र ३५ कारोड ८७ लाख ७२ हजार ४ सय ४३ रुपैयाँ ८६ पैसा निक्षेप संकलन गरी २९ करोड ९७ लाख ६५ हजार ९ सय ६२ रुपैयाँ २६ पैसा लगानी भएको थियो ।

सहकारीको १६ औं साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताए ।

उनले कोभिड– १९ को महामारीकाबीच पनि संस्थाले वासलात १० करोडमा वृद्धि गर्नुले बाबा साकोस कुशल ब्यवस्थापनबाट संचालित रहेको प्रमाणित भएको बताए ।

मेयर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको विगत र वर्तमानको विकास निर्माणको चर्चा गर्दै आज मध्यपुर थिमि नगरको सम्पदा, पार्क, संस्कृति क्षेत्रको घुम्न लायकको गन्तब्यको रुपमा विकास भएको बताए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले बाबा साकोसले सदस्यहरुबीच आर्थिक कारोबारको विस्तारका साथै सामाजिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गरेको बताए ।

जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले संस्थाको स्थापनाकालदेखि सदस्यहरुको आर्थिक विकासमा बाबा साकोसले उल्लेखनीय कार्य गर्दै आएको बताए ।

संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाको सदस्यहरुको सफलताको लागि केन्द्रित गरेर नै सबै कार्य सम्पादन गरी सहकारीको मूल्य, मान्यतालाई आत्मसात गरी कारोबार गर्दै आएको बताए ।

उनले पैसाको आधारमा नेपाल कोरिया नगरपालिका अस्पतालबाट दिने सेवा स्थगित नगर्न आग्रह गर्दै कानूनी प्रक्रिया मिलेमा बाबा साकोसले अस्पतालको लागि आपतकालिन ऋण लगानी गर्न इच्छुक रहेको बताए ।

सभामा विभिन्न संकाय र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरीहरुलाई चाँदीको पदक, नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

सम्मानित स्नातकोत्तर तह उत्तीर्ण हुनेहरुमा योगेश श्रेष्ठ, ललित मानन्धर, अनुज श्रेष्ठ, रमिता भासिमा, प्युरी जोशी खतोखो, सुनिता श्रेष्ठ, डा. विनय श्रेष्ठ, डा. अनिल शंखदेव र विपिन मानन्धर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर