दैलेख कांग्रेसको गाउँ–नगर नेतृत्वको मैदानमा अधिकांश युवा – Nepal Press

दैलेख कांग्रेसको गाउँ–नगर नेतृत्वको मैदानमा अधिकांश युवा

सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा आज पालिका अधिवेशन जारी छ । सुर्खेत र डोल्पाबाहेकका जिल्लामा अधिवेशन भइरहेको छ ।

जिल्लामा रहेका ११ वटा पालिकामा केहीमा बाहेक सभापति ४० वर्षमुनिकाले उम्मेदवारी दावी गरेका छन् ।

दैलेखमा रामचन्द्र पौडेल पक्ष विगतमा बलियो भए पनि यसपटक समीकरण बदलिने सम्भावना भएको बताइएको छ ।

‘हरेक पालिकामा अधिकांश युवाहरु नै चयन हुने देखिएको छ । युवाले युवालाई नै रोज्ने स्म्भावना प्रबल छ’ एक कांग्रेस नेताले भने ।

कांग्रेस दैलेखमा पौडेल पक्षबाट जिल्ला सभापतिका लागि हालका पार्टी सचिव भुपेन्द्रबहादुर शाही र मणिराम रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षबाट दुल्लु नगरप्रमुख घनश्याम भण्डारीको नाम चर्चामा छ ।

कुन पालिकामा क–कसको भिडन्त ?

दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईको दुल्लु नगरपालिकामा सूर्य थापा र लालबहादुर रावतले सभापतिमा चुनाव लड्ने भएका छन् । भैरवी गाउँपालिकामा सूर्यबहादुर शाही, कमल थापा र हेमराज जैसीले उम्मेदवारी दिने भएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा जोगी शाही र जनक शाहीले उम्मेदवारी दिने तयारी गरेका छन् । ठाँटीकाँध गाउँपालिकामा विष्णु रिजाल र रविन्द्र थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै आठबीस नगरपालिकामा वडा नं. दुईका वडाअध्यक्ष पूर्ण खनाल र नगर सभापति अर्जुनबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

दैलेखको निर्वाचन क्षेत्र नम्बर एकको नारायण नगरपालिकामा सुवास थापा र मनोज थापाले उम्मेदवारी घोषणा गरेका छन् । भगवतीमाई गाउँपालिकामा रवीन्द्र शाही र रवीन्द्र खड्काले उम्मेदवारी घोषणा छन् । नौमुलेमा तीनजनाले नेतृत्व दाबी गरेका छन् । यहाँ गंगाबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा दाबी गरेका छन् ।

गुराँस गाउँपालिकामा चन्द्र भट्टराई र वमबहादुर शाहीले दाबी गर्दा डुंगेश्वर गाउँपालिकामा गंगाबहादुर खत्री र भीमबहादुर भट्टले चुनाव लड्ने तयारी गरेका छन् । महावु गाउँपालिकामा भीम थापाले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर