महिला अधिकारकर्मी कमला भासिनको निधन – Nepal Press

महिला अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौं । महिला अधिकारकर्मी भासिनको शनिबार बिहान निधन भएको छ । भारतीय कवि तथा महिला अधिकारकर्मी कमलालाई केही महिनाअघि क्यानसरको लक्षण देखिएको थियो ।

उनको मृत्यु भएको अर्की अधिकारकर्मी कविता श्रीभास्तवले ट्वीटमार्फत् जानकारी दिएकी छन् ।

‘हाम्री प्रियसाथी कमला भासिनको आज बिहान करिब ३ बजे निधन भएको छ,’ उनले खेलेकी छन्, ‘यसले दक्षिण एसिया र भारतमा महिला अधिकारको क्षेत्रमा हुने मुभमेन्टलाई ठूलो घाटा पुगेको छ ।’

राजस्थानमा सन् १९४६ मा जन्मिएकी भासिन डाक्टर पिताकी छैठौं सन्तान थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *