दुई महिनामा वैदेशिक व्यापार करिब ८० प्रतिशतले वृद्धि, व्यापार घाटा २ खर्ब ७० अर्बमाथि – Nepal Press

दुई महिनामा वैदेशिक व्यापार करिब ८० प्रतिशतले वृद्धि, व्यापार घाटा २ खर्ब ७० अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ७८ अर्बको वस्तु आयात भएको थियो ।

गत वर्षको तुलनामा निर्यात ११५.४३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा करिब ४४ अर्बको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष यो रकम २० अर्ब ४४ करोडमात्रै थियो ।

आर्थिक वर्ष २०७८/७९ मा व्यापार घाटा ७०.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष करिब १ खर्ब ५८ अर्ब व्यापारघाटा रहेको चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा करिब ७९.९२ प्रतिशतले बढेको छ । गत वर्ष १ खर्ब ९९ अर्बको वैदेशिक व्यापार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५८ अर्ब पुगेको भन्सार विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर