२०७७ को मदन पुरस्कार लिम्बूवानको दस्तावेज संग्रहलाई, भैरवबहादुरलाई जगदम्बाश्री – Nepal Press

२०७७ को मदन पुरस्कार लिम्बूवानको दस्तावेज संग्रहलाई, भैरवबहादुरलाई जगदम्बाश्री

काठमाडौं । २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ पुस्तकलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको विहीबार बसेको साधारणसभाले नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

त्यस्तै भैरवबहादुर थापालाई २०७७ को जगदम्बाश्री पुरस्कार सम्मानित गर्ने निर्णय गरिएको छ । सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत् नृत्यक्षेत्रको उन्नयनमा समर्पितप्रति सम्मान गर्दै थापालाई सो पुरस्कार दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मदन पुरस्कार प्रयोगजनका लागि गुठीमा प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा श्रेष्ठ सूची २०७७ को रूपमा छनौट गरिएको थियो ।
भएका थिए।

नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरू मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाक्य तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री दिइँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर