अमेरिकामा १० नेपालीले पाए १५ विधामा अवार्ड – Nepal Press

अमेरिकामा १० नेपालीले पाए १५ विधामा अवार्ड

काठमाडौं । अमेरिकामा एक कार्यक्रममा १० नेपालीले बिभिन्न १५ विधामा अवार्ड हासिल गरेका छन् । अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिव ५ हजार वीमा अभिकर्ताकाबिच विभिन्न फरक बिधामा १० नेपालीले अवार्ड पाएका हुन् ।

बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गर्नेमा बिभिन्न राज्यबाट रहेका छन् । नेपाली समुदायबाट अवार्ड पाउनेमा कर्ण बोगटी, गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे र प्रकाश निरौला रहेका छन् । करिब २० विधामा १ सय ५० बढीले अवार्ड पाएका छन् ।

अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नु भन्दा सानो तिनो प्रिमियम तिरेर आफनो र परिवारका लागि सहज वनाउन उत्तम हुने र साेही कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *