सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू) – Nepal Press
सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)
सरोज बैजु २०७८ असोज ६ गते १८:३१
२०७८ असोज ६ गते १८:३१

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकेको शेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै लगानीकर्ता केही दिनयता आन्दोलनमा उत्रिरहेका छन् ।

लगानीकर्ताले आज पनि नेपाल धितोपत्र बोर्डअघि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गैरजिम्मेवार पदाधिकारी चाहिँदैन, लगानीमाथि खेलबाड गर्न पाइँदैन, पुँजीबजारमा स्थायी नीति कायम गर, गभर्नरको पाराले दु:ख पाए साराले जस्ता नारा लगाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित ११ बुँदे माग राखेर पुँजी बजार सुधार समितिको आव्हानमा आन्दोलन जारी छ । उनीहरूले धितोपत्र बोर्डको प्रांगणमा धर्ना दिएका छन् ।

शेयर धितोकर्जाको सीमासम्बन्धी नयाँ नीतिपश्चात ३२ सय अंकमा पुगेको नेप्से २७ सयमा झरेको छ । गत आइतबार ११४ अंकले घटेको बजार मंगलबार १४ अंकले बढेको थियो भने आज १०४ अंकले बढ्न पुगेको छ ।