कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा, पालिका अधिवेशन र एनआरएनका उम्मेदवारबारे छलफल – Nepal Press

कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा, पालिका अधिवेशन र एनआरएनका उम्मेदवारबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुरू भएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् ।

हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा छलफल हुँदैछ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेसको यो बैठकमा गैरआवासीय नेपालीको महाधिवेशनका बारेमा समेत छलफल हुने भएको छ ।

संघको चुनावमा कांग्रेसले समर्थन गर्ने उम्मेदवार तय गर्ने विषयलाई पनि एजेण्डा बनाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर