नेप्सेले हान्यो सेन्चुरी, विकास बैंकको सूचांकमा तीव्र उछाल – Nepal Press

नेप्सेले हान्यो सेन्चुरी, विकास बैंकको सूचांकमा तीव्र उछाल

काठमाडौं । बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ ।

२१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेचबाट ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचक समेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सुचांक ३८१.४२ अंकले बढेको छ ।

समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सूचांक ३८१.४२ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५५१.७५ अंक, यसैगरी नीर्जीवन बीमा ४४१.८७ अंक, वित्त कम्पनी २०७.९३ अंक, व्यापार समूह १३२ अंक, जलविद्युत १६९.४४ अंक, माइक्रोफाइनान्स कम्पनीको १७०.७३ अंक र बैंकिङ समूह करिब ६१ अंकले बढेको छ ।

आज १४ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जसमा अधिकांस विका बैंक , फाइनान्स कम्पनी, लघुवित्त र जलविद्युत समूहका कम्पनी छन् । यसैगरी १ दर्जनभन्दा बढी कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, बेस्ट फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स कम्पनीलगायतकाको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

बैंकहरूको व्याजदर वृद्धिका कारण पेनिक सेल्स भइरहेको सेयर बजार परिसूचक नेप्से हिजो करिब १४ अंकले बढेर भारी अंकको गिरावटमा रोकिएको थियो । हाल वृद्धि भएको ब्याजदर कार्तिकबाट फेरि घट्ने चर्चाका कारण पनि सेयर बजार गिरावट रोकिएको देखिन्छ । हिजो नेपाल राष्ट्र बैंकले बैंकर्सलाई बोलाएर असोज महिना शुरू भएपछि व्याजदर बढ्नुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।

आगामी महिनाको व्याजदर अघिल्लो महिनाको मसान्तभित्र नै घोषणा गर्नुपर्ने भए पनि केही बैंक बिकास बैंकले बीचमा आएर ब्याजदर बढाएका थिए । असोजको शुरूदेखि बढाइएको व्याजदर तुरुन्त घटाउन निर्देशन दिँदै नेपाल राष्ट्र बैंकले अटेर गरेर हस्तक्षेप गर्ने चेतावनी दिएको थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुंगाना, अर्का डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत सुरपरिवेक्षण विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो भने बैंकर्स संघका अध्यक्ष , डेभलपर बैंकर्स संघका अध्यक्षलगायतको उपस्थिति थियो ।

नेपाल राष्ट्र बैंकको दबाबपछि असोज महिनामा मुक्तिनाथ बैंकलगायतका बैंकले व्याजदर घटाएका छन् । सोही अनुसार बुधबारको सेयर बजार परिसूचक नेप्सेमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर