हस्तकलाको सामानमा चरेस राखेर विदेश पठाउन खोज्ने ९ जना पक्राउ(भिडिओ) – Nepal Press

हस्तकलाको सामानमा चरेस राखेर विदेश पठाउन खोज्ने ९ जना पक्राउ(भिडिओ)

काठमाडौं । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेस राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका  ९ जनालाई सार्वजनिक गरेकाे हाे ।

प्रहरीले म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।

हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ । यस अघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताए ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर