‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो) – Nepal Press

‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दशैं नजिकिएसँगै स्माइल नेपाल अनलाइन टिभीको युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको हो । देवी घर्ती, राजु ढकाल, अस्मिता डल्लाकोटी र रविन लामिछानेको स्वरमा सजिएको गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा र अस्मिता डल्लाकोटीको पनि अभिनय रहेको छ । डल्लाकोटी दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पर्न सफल गायिका पनि हुन् ।

एकआपसमा माया र सदभाव साटेर दशैं मनाऔं भन्ने सन्देश गीतमार्फत दिन खोजिएको गायीका डल्लाकोटीले बताईन । उनका अनुसार गीतमा विदेश पुगेका नेपाली दशैं मनाउन गाउँघर नै फर्किन्छन् भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

गीतको शब्द सन्तोष पन्तले लेखेका हुन्  भने गीतमा संगीत पनि पन्तले नै भरेका छन् । गीतमा संगीत संयोजन चेतन गोतामेको छ भने गीतको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । वीरेन्द्र भट्टले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *