परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने – Nepal Press

परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेज हुन सक्ने

काठमाडौं । परिक्षा हल भित्र टिकटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलमा नै मोवाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकटर बनाई सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतानवी दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको जानकारी गराउदैँ बोर्डले यस्ता कार्य गर्नु परीक्षाको मर्यादा विपरित रहेको जनाएको हो ।

यस्ता क्रियाकलाप नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई अनुरोध गर्दै बोर्डले परीक्षालार्य व्यवस्थित, मर्यादित एवम विश्वसनीय बनाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर