रामेछापमा बाल यौन दुरुपयोग गर्ने एक युवक पक्राउ – Nepal Press

रामेछापमा बाल यौन दुरुपयोग गर्ने एक युवक पक्राउ

रामेछाप । रामेछापको सुनापती गाउँपालिका २ का एक छात्रालाई बाल यौन दुरुपयोग गर्ने एक जना युवा पक्राउ परेका छन् । छात्रामाथी बाल यौन दुरुपयोग गर्ने सुनापती गाउँपालिका २ कै १८ वर्षका राजकुमार रायमाझीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका रायमाझीले ति छात्रालाई विभिन्न प्रलोभन देखाई बारम्बार फोन गरी अनावश्यक हैरानी दिदैँ आएको प्रहरीलाई जानकारी आएको थियो । यस्तै वडा नम्बर २ को मैरेमा रहेको आफ्नै घरमा बोलाएर ललाई फकाई तथा जबरजस्ती अवान्छित अमर्यादित र अस्वभाविक व्यवहार गरेको पाइएपछि ति युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

ति छात्रामाथी बाल यौन दुरुपयोग भएको हल्ला भएपछि आइतबार साँदिडाँडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको अवस्थामा ति व्यक्तिलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार जिल्ला अदालत रामेछापबाट सोमबार ३ दिन म्याद थप गरेर प्रहरीले उनीमाथी बालयौन दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान कार्य जारी राखेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर