साढे दुई घण्टाको व्यापारमा ११० अंकले घट्यो नेप्से – Nepal Press

साढे दुई घण्टाको व्यापारमा ११० अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आज साढे दुई घण्टामा ११० अंकले घटेको छ ।

केही समयदेखि लगातार घटेको बजारमा आज ठूलै अंकको गिरावट आएको हो । राष्ट बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जामा १२ करोडको सीमा लगाएपछि सेयर बजारमा त्यसको असर परिरहेको छ । यसैगरी, राष्ट्र बैंकले ब्याज कर्जामा बढोत्तरी गरेपछि नेप्से अझ प्रभावित बनेको जानकारहरू बताउँछन् ।

गत शुक्रबारदेखि लगानीकर्ता सेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्नु पर्नेलगायतका माग राखेर नेप्से अगाडि आमरण अनसनमा बसेका छन् । आज साढे दुई घण्टाको व्यापारमा १ करोड ५७ हजार ४७२ कित्ता सेयर किनबेचमा ५ अर्ब १४ करोड ८० लाख ९५ हजार ३८२ रुपैयाँको कारोबार भएको छ । अहिले नेप्से २,७०१ विन्दुमा ओर्लिको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर