बढुवा रोक्का कारवाहीमा परेका सशस्त्र प्रहरीलाई प्रबल जनसेवा पदक – Nepal Press

बढुवा रोक्का कारवाहीमा परेका सशस्त्र प्रहरीलाई प्रबल जनसेवा पदक

आईजीपीका पीए र प्रधानमन्त्रीका पीएका ज्वाइँ विभूषित

काठमाडाैं । पदकमा पटक-पटक विभेद भएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टी बढेको छ । आइजिपी शैलेन्द्र खनालले पदक सिफारिसमा विभेद गरेको भन्दै यसअघि पनि गृहमन्त्रालयमा गुनासो पुगेको थियो ।

यसपटक सशस्त्र प्रहरीतर्फ पदक पाएकामध्ये दुईजना कारवाही र घटुवामा परेका अधिकृतसमेत आईजीपीको कोटामा परेका छन् । ५ वर्ष बढुवा रोक्काको कारवाहीमा परेका डीएसपी शेरबहादुर अधिकारी पदकबाट विभूषित भएका छन्  ।

११ वर्षअघि सशस्त्र प्रहरी बलको बाँके शमसेरगन्ज गणमा भएको अनियमितता प्रकरणमा तत्कालीन क्वाटर मास्टर शेरबहादुर अधिकारीविरुद्ध सशस्त्र प्रहरीले आन्तरिक विद्रोह नै गरेका थिए ।

गणमा उनको अनियमितताविरुद्ध भएको विद्रोहपछि सशस्त्र प्रहरीले उनको ५ वर्ष बढुवा रोक्काको कारवाही गरेको थियो । यसपटक आईजीपी खनालले उनैलाई पदक सिफारिस गरेका छन् । उनले प्रबल जनसेवाश्री पदक पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका ज्वाइँ भएका कारण एसपी दिपेन्द्र कुँवर (ख) ले दोस्रोपटक पदक पाएका छन् ।

सशस्त्र प्रहरीको बढुवामा पदकले २ नम्बर पाउने भएकाले यसको महत्व हुन्छ । एसपी शंकर खनालले पनि दोस्रोपटक पदक पाएका छन् भने आईजीपी खनालका पीए इन्सपेक्टर नारायण गुरुङले पनि पदक पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर