एमाले नेता भट्ट भन्छन्– देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन् – Nepal Press

एमाले नेता भट्ट भन्छन्– देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन्

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् ।

‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’

भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी गरे । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उनको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उनले भने, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन ।

उनले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताए । ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उनले भने ।

उनले अबको निर्वाचनपछि एमाले फेरि ठूलो दल बन्ने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर