करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ? – Nepal Press

करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?

जवाफमा करिश्माले भनिन् : धन्यबाद केपी बुवा !

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् । परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ।

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक संवादमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।

‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।

 


प्रतिक्रिया

7 thoughts on “करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?

  1. के पी ओली राष्ट्रको बुवा हो, यो कसैले रहर गरेर हुने र भएको हैन, ओलिको अभिभावकिय भूमिका र ब्येवहारले स्थापित गरेको हो !! ओली, यौटा भरोशामा योग्य सपुत नेपाल आमाको अनी ‘बुवा’ देशबासीको !!

  2. राजनितिकाे निच नमुना … केपिकाे अर्काे स्क्याण्डल … केही न केही उपद्राे नमच्चाई केपि बस्नै सक्दैन भन्ने गतिलाे उदाहरण ….

  3. केपी ओली बहुआयामिक र भरोसा योग्य र राजनीतिज्ञ हुन मलाई असाध्यै मनपर्छ त्यसकारण राजनेता मान्न सकिन्छ ।

    1. Kp oli बहुआयामिक भरोसा योग्य राजनीतिज्ञ हुन मलाई असाध्यै मनपर्छ त्यसकारण म उहालाई राजनेता मान्दछु

      1. राजनितीज्ञमा हुनुपर्ने यस्तै गुणहरुले के पि वली युवाहरुका बा वनेका हुन । कम्युनिष्टहरूले प्रयाेग गर्ने कमरेड र मुट्ठी उठायर गर्ने अभिवादन भन्दा दुई हात जाेडेर गरिने नमस्कार र अभिभावकमा सवै भन्दा भरपर्दाे र प्रिय शब्द बा ले नेपाली युवाहरुकाे मन जितिरहेकाेछ । याे अझ लामाे समय सम्म जरा गाडेर वस्ने छ किनकि यसमा नेपालीपन छ आत्मियता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *