कोरोना भ्याक्सिन लाएका र पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन नबसाउन परिसंघको माग – Nepal Press

कोरोना भ्याक्सिन लाएका र पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन नबसाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड-१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेको छ ।

परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै सरकारसँग सो माग गरेको हो । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरुत्थानका लागि सरोकारवाला निकायसँग सहकार्यमा पनि जोड दिएको छ ।

परिसंघकी राष्ट्रिय परिषद् सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन माग गरेको छ ।

यसैगरी नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरूले अझै पनि भ्रमणका लागि नेपाललाई जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय गरिएको छ ।

पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानमा सबै सरोकारवाला एक ठाउँमा उभिन आग्रह गरे । शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताए ।

राष्ट्रिय परिषद सदस्य छाँया शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवर्द्धनका लागि परिसंघले पहल अघि बढाउनुपर्ने बताए । उनले संसदीय समितिहरूमार्फत पर्यटन क्षेत्रको विकासका लागि छलफल अघि बढाउन सकिने सुझाव दिएकी छिन् ।

बैठकमा भर्चुअलरुपमा सहभागी भएका समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरे । समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईं, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिएका थिए ।

परिसंघले गठन गरेको यस समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईं, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐर सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर