त्रिकोणात्मक श्रृंखलाको तेस्रो खेलमा अमेरिकासँग भिड्दै नेपाल – Nepal Press

त्रिकोणात्मक श्रृंखलाको तेस्रो खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ४:४५ मा शुरू हुनेछ । नेपालले यसअघिको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अमेरिकामाथिको प्रभावशाली जितमा ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धशतकीय योगदान गरेका थिए ।

ओमानसँग भने ५ विकेटले पराजित भएको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले ४७/४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१/१ ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको लक्ष्य पूरा गर्दै नेपालमाथि सानदार जित हसिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर