एलपी ग्यास उद्योग संघमा सहमतिमा नेतृत्व चयन (सूचीसहित) – Nepal Press

एलपी ग्यास उद्योग संघमा सहमतिमा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि विहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भए । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरू पछि हटेका छन् ।

सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

संघको विशिष्ट सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका छन् ।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धीलगायत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *