नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन – Nepal Press

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

कैलाली । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले जनाएको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर