सत्ता गठबन्धनमा भागबण्डाको कसरत, वागमती र प्रदेश १ मा सरकार फेर्ने – Nepal Press

सत्ता गठबन्धनमा भागबण्डाको कसरत, वागमती र प्रदेश १ मा सरकार फेर्ने

काठमाडौं । सरकार गठनको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाए पनि सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छलफल जारी छ ।

आज पनि सत्तारुढ गठबन्धनको कार्यदलमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस सहमति भने नजुटेको बताइएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले समग्र विषयमा छलफल जारी रहेको बताए । ‘मन्त्रिपरिषद् विस्तारदेखि गठबन्धनको सरोकार जोडिएका सबै विषयमा छलफल गरिरहेका छौं । छलफल जारी रहेकोले अहिले नै यसो भयो भन्ने अवस्था छैन’, खड्काले नेपाल प्रेससँग भने ।

उनले यथाशीघ्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा वागमती र प्रदेश १ मा नयाँ सरकार बनाउनेबारे छलफल जारी रहेको बताए ।

‘वागमती र प्रदेश १ मा नयाँ सरकार बनाउनेबारे पनि छलफल जारी छ । सबैले आ-आफ्नो पोजिसन राख्ने काम भएको छ । केहीदिनमै सहमति होला’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर