भीम रावलले भने- सुदूरपश्चिमको इञ्चार्ज टुंगिएको छैन – Nepal Press

भीम रावलले भने- सुदूरपश्चिमको इञ्चार्ज टुंगिएको छैन

कैलाली । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज को हुने भन्ने बारे निर्णय नभएको बताएका छन् ।
बिहीबार अछाममा एमाले जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष केपी शर्मा ओली निवासमा एमाले एकताको बिषयमा छलफल भएपनि सुदूरपश्चिम प्रदेशको इञ्चार्जको बिषय टुंगो लागिनसकेको बताए ।

‘त्यो छलफलमा पार्टी अध्यक्षले के भन्नुभयो भने’ उनले बालकोटमा भएको छलफललाई केन्द्रीत गर्दै भने, ‘तपाईको त्यहाँ समस्या भएको भए तपाईले पार्टी उपाध्यक्षको हैसियतले संयोजन गर्नुहोस् । उहाँहरु (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्नुहोस् । पालिकाबाट समस्या समाधान गर्दे आउनुहोस् । जहाँ बिबाद रहन्छ हामी कुरा गरौँला ।’

एक वर्ष पछि गृह जिल्ला पुगेका रावलले १० बुँदे कार्यान्वयन गर्न आफू सहित थापा र भट्टलाई तोकेको भएपनि इञ्चार्जको बिषयमा ठोस कुरा नगरेको बताए । उक्त जिम्मा एक व्यक्तिमा नरहेको समेत उनले स्पष्ट पारे ।

‘सुदूरपश्चिमको हकमा स्थायी कमिटि सदस्य लेखराज भट्ट र पोलिट ब्यूरो सदस्य कर्ण थापालाई पनि सहभागि गरौँ । हामी त्यहाँ सहमति गरेर अघि बढौँ भन्ने मेरै प्रस्ताबमा बालकोटका छलफल भएको थियो’ उनले भने, ‘को इञ्चार्ज भयो को भएन भन्ने कुरा त त्यहाँ त्यस्तो भएको होइन । त्यो एक जना व्यक्तिले निर्णय गर्ने कुरा होइन । पार्टी कमिटिले गर्ने हो । त्यो प्रस्ताव अध्यक्ष र महासचिबले लैजान सक्नुहुन्छ । ’

१० बुँदे अनुसार आफूनै इञ्चार्ज हुनुपर्ने रावलको दाबी छ। इता माओवादीबाट एकता प्रकृयामै आएको हुँदा भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले यस अघि पनि अध्यक्ष ओलीले भीम रावललाई संयोजन गर्न र आफूलाई इञ्चार्जको रुपमा काम गर्न निर्देशन दिएको बताएका थिए ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले छाडेर गएका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई समेत चुनौती दिएका थिए । उनले १० बुँदे सहमति कार्यन्वयन हुनुपर्ने बताएका थिए । रावलले देउवा सरकार पूर्ण असफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर