बादलको दावी: प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ(भिडियाे) – Nepal Press

बादलको दावी: प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ(भिडियाे)

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रचण्ड-माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताए ।

बादलले भने, ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’

बादलले एमालेले आगामी चुनावमा सबै तहका सरकारको नेतृत्व लिइने भन्दै विचलित नहुन कार्यकर्तालाई आह्वान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर