माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह- तपाईंले लिएको बाटो गलत छ, एमालेमा फर्किनुस्(भिडिओ) – Nepal Press

माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह- तपाईंले लिएको बाटो गलत छ, एमालेमा फर्किनुस्(भिडिओ)

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी छन् ।

काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले आफूले लिएको विभाजनको बाटोको समीक्षा गर्न आग्रह गरेकी हुन् ।

केही दिनअघिसम्म माधव नेपालसँगै रहेकी शाक्यले भनिन्- ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन, किनभने यतिबेला फुटेको होइन जुटको राजनीति चाहिएको छ । सुदृढ एमालेको आवश्यकता छ । तपाईंले पनि बनाएको पार्टीमा फर्केर आउनुस्, सुदृढ एमाले बनाउन तपाईंका भूमिका आवश्यक छ । त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर