एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुल्यो, आइडिया पेश गर्न सकिने – Nepal Press

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुल्यो, आइडिया पेश गर्न सकिने

काठमाडौं । एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुला भएकाे छ ।  नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको हाे।

आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक का इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आइडिया पेश गर्न सक्ने छन ।

पेश भएका आवदेनमध्ये एग्री विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट दश आइडियाहरु सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् ।

एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तिय सहयोग पाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने छन ।

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की सुश्री रीमा श्रेष्ठले दोस्रो चरणको बारेमा जानकरी दिएकी छिन् । उनले यो कार्यक्रमको लक्ष्य मकै, अलैची, डेरी र तरकारीहरु ९चार क्षेत्रहरुमा कृषि व्यापार उत्पादनहरु वा सेवाहरुको मूल्य, सेवाहरु र प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने बताइन् ।

 

 


प्रतिक्रिया

One thought on “एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुल्यो, आइडिया पेश गर्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर