राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले लिए सपथ – Nepal Press

राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले लिए सपथ

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले सपथ लिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्ष केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको थियो । आयोगका नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

निरौला नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।

सरकारले कार्यकालको सुरुआतमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो । हाल राष्ट्रिय भूमि आयोगको नाममा सुकुम्बासी आयोगलाई देउवा सरकारले ब्यूँताएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर