जीडब्लूएमको ह्याभल जोलियन मोडल नेपालमा, के छ विशेषता ? – Nepal Press

जीडब्लूएमको ह्याभल जोलियन मोडल नेपालमा, के छ विशेषता ?

काठमाडौं । जीडब्लूएम नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा ह्याभल जोलियन कार नेपाल ल्याउने भएको छ । ६० वटा देशहरूमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने ब्राण्ड हो ।

आधुनिक र कलात्मक इन्जिजियरिङबाट निर्मित १८ इन्चको अल्मिनियम अलाई विहल्स, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटसम्म राखेर निर्माण गरिएको छ । यसको प्यानोरामिक सनरुफ र डुयल जोन अटो एसीले आरामदायी यात्रालाई मद्दत गर्ने कम्पनीको विश्वास छ ।

१.५ लिटरको पेट्रोल टुर्बो इन्जिन, सिक्स ओम्नी डिरेक्सनल एयरब्यागसको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ्ग र हिल होल्ड कन्ट्रोल एण्ड हिल डिसेन्ट कन्ट्रोल भएको यस जोलियन ग्राहकको सुरक्षालाई ध्यानमा राखेर बनाइएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *