सबै खाले क्रिकेटबाट सन्यास लिने मालिङ्गाको घोषणा – Nepal Press

सबै खाले क्रिकेटबाट सन्यास लिने मालिङ्गाको घोषणा

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर लासित मालिङ्गाले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । विश्व कप विजेतासमेत रहेका मालिङ्गाले मंगलबार सामाजिक सन्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

आफ्नो नयाँ युटयुब च्यानलमार्फत उनले श्रीलंकाका लागि खेलेको सीमित ओभरको भिडियो पोष्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।
‘आज मैले मेरो टि-२० बलिङ् सुजलाई १००% आराम दिने निर्णय गरेको छु,’ उनले भने, ‘मलाई समर्थन गर्नुहुने र मेरो टी-२० यात्रामा आशीर्वाद दिनुहुने सम्पूर्णलाई धन्यवाद् दिन चाहन्छु ।’

मालिङ्गाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै मुम्बई इन्डियन्स, मेलबर्न स्टार्सलगायत टिममेट, पदाधिकारीहरूसँगै समर्थकलाई पनि धन्यवाद दिएका छन् ।

सन् २००४ मा अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका मालिङ्गाले छोटो समयमा श्रीलंका क्रिकेट टोलीको सबै खेलका लागि टोलीमा स्थान बनाएका थिए ।

बारम्बार घुँडा र कुर्कुच्चाको चोटका कारण खेल करिअर अन्तय हुने खतरा भएपछि उनले सन् २०१० मा सीसित ओभरको क्रिकेटमा ध्यान केन्द्रीत गर्न टेस्टबाट सन्यास लिने निर्णय गरेका थिए ।

श्रीलंकाका लागि ३० टेस्ट, २ सय १६ एकदिवसीय र २८ टील-२० अन्तर्राष्ट्रिय खेल खेलेका मालिङ्गाले १ सय १ टेस्ट, ३ सय ३८ एकदिवसीय र १ सय ७ टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

३८ वर्षको उमेरमा सन्यास घोषणा गरेका उनले अनि्तम अन्तरास्ट्रिय खेल २०२० मार्च ६ मा वेस्ट इन्डिजविरूद्ध खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *