सूचना केन्द्रमा शर्मा, स्वास्थ्य सेवा विभागमा थपलिया र ट्रमा सेन्टरमा जोशी – Nepal Press

सूचना केन्द्रमा शर्मा, स्वास्थ्य सेवा विभागमा थपलिया र ट्रमा सेन्टरमा जोशी

काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा पुनः सुनिलकुमार शर्मा आएका छन् । केन्द्रका निर्देशक डा. राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा तानेर शर्मालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केन्द्रमा पठाएका हुन् । मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै उनले यस्तो निर्णय गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को महामारीमा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शर्मालाई विभागमा तानेका थिए । लामो समय केन्द्रमा रहँदा करोडौँ रकम घोटाला गरेर एजेन्सीलाई बितरण गरेको आरोप लाग्दै आएका शर्मा पुनः शक्तिकेन्द्र धाएर केन्द्रमा फर्किएका बुझिएको छ ।

यस्तै राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिएका छन् । उनलाई केही दिनअघि मात्रै कान्ति अस्पतालबाट ट्रमामा सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर